Law Offices Of Chanda Thapa PLLC 

260 W 35th Street, Floor 11, New York, NY 10001 

PH:  917-636-8753, 212-244-1064,          

Email: info@chandalaw.com,  

Fax: 917-591-2580

 

TPS को बारेमा जानकारी

नेपालको TPS  समाप्त भए पछि के कस्ता कानुनि विकल्प छन् त भन्ने बारेमा संक्षिप्त जानकारी 


TPS cancellation  ले असर गरेका तिन प्रमुख समूहहरु: 

१. Vaild भिषा, जस्तै B1, B2, H1 , H2  अथवा Student भिषा बाट TPS लिएका समूह 

२. Asylum Case अदालतमा वा USCIS मा  pending हुदाहुदै TPS लिएका समूह र 

३. कागजात नभई अमेरिकामा बसोबास गर्दै आउनु भएका समूह  जो आहिले TPS मा हुनुहुन्छ 

यी तीन  समूहहरुका लागि प्राप्त उपायहरु छोटकरीमा :

१. Vaild भिषा जस्तै B1, B2,  H1 , H2 अथवा Student भिषा बाट TPS लिएका समूहको हकमा 

यो समूहमा हुनु हुनेहरुले आफ्नो पुरानै status  मा फर्कन सक्नुहुन्छ वा कुनै अर्को status मा परिवर्तनगर्न सक्नुहुनेछ। Status परिवर्तन.गर्न  I -539 फारम भर्नु पर्ने हुन्छ र सो बापत $३७० USCIS लाई तथा $८५ Biometric Services Fee लाग्नेछ। Status Change गर्न  I -539 आबेदन दिएको मिति बाट processing center हेरी   झन्डै ६ महिना देखि १ बर्ष सम्म पनि लाग्ने देखिन्छ।

यस समूहको  पारिवारिक वा रोजगारबाट पनि ग्रीन कार्ड गर्न सकिने  विकल्प आउन सक्छ ।

त्यसैगरी TPS समाप्ति पछि नेपाल फर्कदा आफु र आफ्नो परिवारको  जीउ ज्यानको खतरा छ भनी  बिगतमा मात्रै नभई भविष्यमा पनि आफु सुरक्षित नहुने कुनै  आधार/ प्रमाण छ भने Asylum दायर गर्न मिल्नसक्छ। अमिरिकी अध्यागमन कानुन आनुसार "The applicant may qualify as a refugee either because he or she has suffered past persecution or because he or she has a well-founded fear of future persecution." मतलब भविष्यमा पनि आफु सुरक्षित नहुने खतरा छ भने उक्त कारणको आधारमा Asylum दर्ता गर्न मिल्न सक्छ।

Status मा नै रही Asylum फाईल गर्दा "एक बर्षे प्रावधान" आर्थात अमेरिका आएको एक  बर्ष भित्र Asylum फाईल गर्नु पर्छ भन्ने कानुनि प्राबधानलाइ सम्बोधन गरी उक्त  प्रावधानबाट छूट लिन सकिन्छ।

२. Asylum Case अदालतमा वा USCIS मा  pending हुदाहुदै TPS लिएका समूहको हकमा 

यो समूहमा हुनुहुनेहरु मध्ये जसको Case आदलतमा  " Administratively Close" भएको छ, उहाँहरुले "motion to re-calendar" फाइल  गरि Case फेरी खोल्न लगाउन सक्नुहुनेछ । जसको Case USCIS मा  "Administratively Close" भएको  छ, उहाँहरुले पनि USCIS लाई चिट्ठी लेखि Case re -open गराउन सक्नुहुनेछ । 

Asylum पहिले अस्वीकृत (deny) भएको  र आहिले TPS मा रहेको अवस्थामा पनि यदि तपाईको परिस्थिति मा परिवर्तन  “Change of Circumstance/s” आएको छ भने तपाईको Asylum  Case फेरी  re -open गराउन सक्नुहुनेछ ।  कुन अवस्थालाई “Change of Circumstance/s” भनिन्छ र यसको बारेमा बिस्तृतमा जानकारी लिन  भरपर्दो तथा यो बिषयमा राम्रो ज्ञान भएको वकिल संग सल्लाह गर्नु होला।

३.कागजात नभई अमेरिकामा बसोबास गर्दै आउनु भएका समूह  जो आहिले TPS मा हुनुहुन्छ 

 यो समूहमा दुई प्रकारबाट पर्न सकिन्छ

क. कागजात बिना Boarder Cross गरि अमेरिका आउनु भएकाहरु: 

ख. कानूनी रूपमा America आएर भिषामा तोकेको अवधि भन्दा बढी  बस्नु भएकाहरु:

कागजात बिना Boarder Cross गरि अमेरिका आउनु भएकाहरुको हकमा TPS लिएको अवस्थामा advance parole लिएर विदेश भ्रमण गर्नु भएको छ भने, परिस्थिति  हेरि त्यो advance parole को आधारमा पारिवारिक वा रोजगार बाट ग्रीन कार्ड गर्न सकिने  विकल्प आउन सक्छ ।

त्यस बाहेक माथि दुबै समूहमा पर्नुहुने महानुभावहरुलाई TPS समाप्त भएपछि निम्न बमोजिमका विकल्पहरु हुन सक्छन:

१. Cancellation of Removal - १० वर्ष भन्दा बडी अमेरिकामा रहनु भएका तथा  पारिवारिक नाताको आधारमा पनिग्रीन कार्ड गर्न सकिने अवस्ता आउन सक्छ ।

 २. Asylum - TPS समाप्ति पछि नेपाल फर्कदा आफु र आफ्नो परिवारको  जीउ  ज्यान को खतरा छ भनी बिगतमा  मात्रै नभई भविष्यमा पनि आफु सुरक्षित नहुने कुनै  आधार/ प्रमाण छ भने Asylum दायर गर्न मिल्न सक्छ। अमिरिकी अध्यागमन कानुन  आनुसार "The applicant may qualify as a refugee either because he or she  has suffered past persecution or because he or she has a well-founded fear of future persecution." मतलब भविष्यमा पनि आफु सुरक्षित नहुने खतरा छ   भने उक्त कारणको आधारमा Asylum दर्ता गर्न मिल्न सक्छ।

३. U-VISA - कुनै अपराधिक गतिविधिबाट पिडित हुनुहुन्छ अथवा कुनै न कुनै प्रकारबाट   त्यस कार्यको शिकार हुनुहुन्छ भने पनि यो भिषाद्वारा ग्रीन कार्डको लागि आवेदन दिन मिल्न सक्छ।

४. T - VISA - मानब तस्करीबाट पिडित अथवा कुनै न कुनै रुपमा त्यस गतिबिधिको शिकार  हुनुहुन्छ भने पनि यो भिषाद्वारा ग्रीन कार्डको लागि आवेदन दिन मिल्न सक्छ । 

५. VAWA -  घरेलु हिंसाबाट पिडित हुनुहुन्छ भने  महिला तथा पुरुष दुबैले यो कानुनी उपायद्वारा  ग्रीन कार्डको  लागि आवेदन दिन मिल्न सक्छ ।


हरेक व्यक्तिको परिस्थिति नितान्त फरक हुन्छ। तपाईको परिस्थितिमा के कस्ता समस्या छन् ? उक्त समस्यामा कुन स्तरको जटिलता छन्? सो बारेमा  सटीक विश्लेषण/समाधानको लागि कानुनी परामर्श लिदा उपयुक्त हुन्छ। कुनै उपाय/समाधान निक्लन्छ  भने   त्यसको  लागि  आवश्यक    कागजपत्र नेपालबाट वा   नेपालको   सरकारी कार्यालयबाट ल्याउनु पर्ने  हुनसक्छ। नेपालबाट कागज पत्र जुटाउन धेरै समय  लाग्न सक्छ । त्यसैले आन्तिम समय सम्म कुर्दा कागजातको वा समयको आभावले मिल्ने केस पनि नमिल्न सक्छ । 

नेपालको TPS समाप्त हुन झन्डै अर्को १ बर्षको समय छ, उक्त समयलाई सहि तरिकाले उपयोग गरे,  प्रतिकुल परिस्थितिलाई आफ्नो अनुकुल बनाउनु सक्नु हुनेछ।तपाईको समस्या छ भने जति चाडो उक्त जटिलताको समाधान खोज्यो  सफलता प्राप्त गर्न तुलनात्मक हिसाबले त्यतिनै  सजिलो वा उच्च संभावना हुन्छ। 

उदाहरणको लागि:

रोजगारीबाट ग्रीन कार्ड गर्न कम्तिमा पनि १ बर्ष लाग्न  सक्छ। त्यसैले उक्त विकल्प को लागि तुरुन्तै कदम चालीहाल्नु पर्ने देखिन्छ।

Status   Change  गर्न   I -539   आबेदन   दिएको   मितिबाट processing center हेरी   झन्डै ६ महिना देखि १ बर्ष सम्म पनि लाग्ने देखिन्छ।उक्त विकल्पको लागि पनि तुरुन्तै कदम चालीहाल्नु पर्ने देखिन्छ।

आन्तिममा:

यस सूचना पत्रमा उल्लेखित सुझावलाई सामान्य जानकारीको रुपमा  मात्रै लिनुहोला। यो कानुनी परामर्श होइन। 

आफ्नो अध्यागमन समस्याको जटिलता निर्क्योल/हल गर्न  हामीलाई 347-820-2393 अथवा 716-324-1251  मा सम्पर्क गर्नुहोला। 


Law Offices of Chanda Thapa PLLC

260W 35th Street

Floor 11

New York, NY 10001

Ph: 917-636-8753, 212-244-1064

Fax: 917-591-2580

email: info@chandalaw.com